अध्याय 8

हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ। तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ।
2 साना केटाकेटी र दूधमुखे बालकहरूका मुखहरूबाट पनि तपाईंको महिमा र प्रशंसा सुनिन्छ। तपाईंले तिनीहरूलाई त्यस्तो शक्तिशाली गीतहरू दिनुभएकोछ, जसले तपाईंको सम्पूर्ण शत्रुहरूलाई चुप पारी दिन्छ।
3 हे परमप्रभु, तपाईंले आफ्नो हातले बनाउनु भएको स्वर्ग अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरू हेरेर म अचम्म मान्छु।
4 किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूको सम्झना गर्नु हुन्छ? किन मानिसहरू तपाईंका लागि यति महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ?
5 तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्! तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणी(स्वर्गदूत) जस्तै बनाउनु भयो अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो।
6 तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको अधिकारी तिनीहरूलाई बनाउनु भयो। तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।
7 सबै मानिसहरूले भेंडा र गाई साथै सम्पूर्ण जङ्गली जनावरमाथि शासन गर्छन।
8 तिनीहरूले आकाशमा उड्ने पंक्षी र समुद्रमा पौडिने हरेक जनावार र माछाहरूमाथि शासन गर्दछन्।
9 हे परमप्रभु, हाम्रा स्वामी, सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त आश्चर्यपूर्ण छ।