अध्याय 110

परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, “जति बेला सम्म म तिम्रा शत्रुहरूलाई तिम्रो अधीनमा पार्दिन त्यस बेलासम्म मेरो दाहिनेपट्टि बस्।”
2 परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुेनेछ। तिम्रो राज्य सियोनमा शुरूहुनेछ अनि यो त्यति बेलासम्म बढदै जानेछ जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ!
3 जब तिमीले आफ्ना सैन्यहरूसँगै भेला गर्नेछौ तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्। तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्। अनि विहानै एका-अर्कासित भेट हुनेछ। ती युवा पुरूषहरू भूइँमा शीत परे जस्तै तिम्रो वरिपरि हुनेछन्।
4 परमप्रभुले प्रतिज्ञा गर्नुभयो उहाँले आफ्नो मन बद्लि गर्नुहुँदैन। “तिमी अनन्तको निम्ति मल्कीसेदेक जस्तै पूजाहारी हौ।”
5 मेरो स्वामी तिम्रो दाहिनेपट्टि हुनुहुन्छ। जब उहाँ क्रोधित हुनुहुन्छ उहाँले अन्य राजाहरूलाई डराउनु हुनेछ।
6 परमेश्वरले जाति-जातिहरूलाई न्याय गर्नुहुनेछ। धर्ती मृत शरीरहरूले ढाकिने छ। अनि परमेश्वरले शक्तिशाली जातिहरूका नेताहरूलाई दण्ड दिनु हुनेछ।
7 राजाले बाटोमा झरनाको पानी पिउनु हुनेछु। त्यसपछि उहाँले टाउको उठाउनु हुनेछ। अनि बलियोहुनु हुनेछ।