अध्याय 46

परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ। संकटको बेला उहाँबाट हामी सधैं सहयोग पाउन सक्छौं।
2 यसैकारण भुइँचालो आए ता पनि पर्वतहरू समुद्रको गर्भमा झरे तापनि हामी डराउँदैनौ।
3 हामी भयग्रस्त छैनौं जब समुद्र आँधीले अन्धकार हुँन्छ र पर्वतहरू र्थकिन्छन।
4 त्यहाँ एउटा नदी छ जसको धाराले सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ।
5 परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन। घाम उदाउनु अघिनै परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ।
6 जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ। प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्।
7 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।
8 परमप्रभुले गर्नुभएको ती शक्तिशाली कामहरूलाई हेर। उहाँले पृथ्वीमा गर्नु भएको डरलाग्दा कार्यहरू हेर।
9 परमप्रभुले पृथ्वीमा कतैपनि युद्धहरू रोक्न सकनु हुन्छ। उहाँले सिपाहीहरूका धनु भाँच्न सक्नु हुन्छ, तिनीहरूका भालाहरू छरपस्ट पारेर तिनीहरूका ढालहरू जलाई दिनुहुन्छ।
10 परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान! म जाति-जातिलाई परास्त गर्नु सक्छु, म संसारलाई अधीनमा राख्न सक्छु!”
11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।