भजनसंग्रह
अध्याय 122
म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने, “परमप्रभुको मन्दिर तर्फ जाऊ आऊ।”
2  हामी यहाँ, यरूशलेमको प्रवेशद्वारमा उभिरहेकाछौं।
3  यो नयाँ यरूशलेम हो! एक संयुक्त शहर जस्तो यो शहर फेरि निर्माण गरियो।
4  त्यही ठाउँ हो जहाँ परिवार समूहहरू जान्छन्। परमप्रभुको नाउँको स्तुति-गान गर्नलाई इस्राएल का मानिसहरू त्यहाँ जाँदछन्।
5 दाऊद परिवारका राजाहरूले त्यहाँ तिनीहरूको राज सिंहासन बनाए। तिनीहरूले मानिसहरूको न्याय गर्न राज सिंहासन त्यहाँ बनाए।
6 यरूशलेममा शान्तिको निम्ति प्रार्थना गर। “जसले तपाईंलाई प्रेम गर्दछ उसले शान्ति पाओस्। तपाईंको पर्खालहरूभित्र शान्ति छाओस्। म आशा गर्दछु त्यहाँ तपाईंको भवनहरूको सुरक्षा हुनेछ।”
7  मेरो दाज्यू-भाइ र छिमेकीहरूको हितार्थ म यहाँ शान्ति छाओस् भनेर त्यहाँ प्रार्थना गर्दछु।
8  हाम्रा परमप्रभु परमेश्वरको मन्दिरको निम्ति,
9  म प्रार्थना गर्छु कि राम्रो कुराहरू यस शहरमा होऊन्।