अध्याय 20

सङ्कष्टहरू परेको बेलामा परमप्रभुले तिम्रो गुहारलाई सुन्नु भएको होस्। याकूबका परमेश्वरले तिम्रो रक्षा गर्नु भएको होस्।
2 उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्। उहाँले सियोनबाट तिमीलाई मद्दत दिऊन्।
3 तिमीले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गरून्। उहाँले तिम्रा सबै बलिहरू स्वीकार गरून्।
4 तिमीले खास जे चाहन्छौ परमेश्वरले त्यही दिऊन्। उहाँले तिम्रा सबै योजनाहरू सफल पारी दिऊन्।
5 जब परमप्रभु परमेश्वरले तिमीलाई सहयोग गर्नु हुन्छ हामीहरू खुशी हुनेछौं। परमेश्वरको नाउँको स्तुति गरौं। तिमीले मागेको प्रत्येक कुरा परमप्रभुले दिऊन्!
6 अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ! परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ। परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।
7 कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्। तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।
8 ती अन्य मानिसहरू पराजित भए, तिनीहरू युद्धमा मारिए। तर हामीले जित्यौं! हामी विजेता हौं।
9 परमप्रभुले आफूले रोजेका राजालाई बचाउनु हुन्छ! परमेश्वरले रोजेका राजाले गुहार मागे अनि परमेश्वरले त्यसको जवाफ दिनुभयो!