अध्याय 61

हे परमेश्वर, मैले गरेको प्रार्थना सुन्नुहोस्। मेरो प्रार्थना सुनी दिनुहोस्।
2 म जहाँ भए तापनि, जस्तो कमजोर भए तापनि, तपाईंको सहयोग माग्नलाई पुकारा गर्ने छु! मलाई धेरै माथि सुरक्षित ठाउँमा लैजानुहोस्।
3 तपाईं मेरो शरणस्थान हुनुहुन्छ। तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउँने बलियो धरहरा हुनुहुन्छ।
4 म तपाईंको पालमा सदा सर्वदा रहन चाहन्छु। म तपाईंको शरणमा लुक्न चाहन्छु।
5 हे परमेश्वर, मैले के दिन्छु भनेर वाचा गरेको थिएँ त्यो तपाईंले सुन्नु भएकोछ, तर प्रत्येक कुरा तपाईंका भक्तजनहरूले पाउने तपाईंबाट नै आउँदछन्।
6 राजालाई दीर्घायु दिनुहोस्। ऊ अनन्त सम्म बाँचोस्!
7 उनी परमेश्वर सँगै सदा-सर्वदा रहुन्। तपाईंको स्नेहपूर्ण करूणाले उहाँलाई बचाउँनु होस्।
8 अनि म तपाईंको नाउँको गुणगान सधैंभरी गर्नेछु। प्रत्येक दिन, मैले वाचा गरेका कुराहरू मात्र गर्ने छु।