यशैया

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66


अध्याय 39

त्यसबेला बलदानको छोरो मरोदक बलदान बाबेलका राजा थिए। मरोदकले चिट्ठी र एक उपहार हिजकियाहलाई पठाए। मरोदकले त्यसो गरे किनभने हिजकियाह बिमार भएको सुनेका थिए।
2 ती कुराहरूले हिजकियाहलाई आनन्द पुरायो। यसकारण हिजकियाहले मानिसहरूलाई आफ्नो भण्डारबाट सारा बहुमूल्य वस्तुहरू देखाए। हिजकियाले तिनीहरूलाई सुन, चाँदी बहुमूल्य मसलाहरू र महँगो मूल्य भएको अत्तरहरू देखाए। हिजकियाहले तिनीहरूलाई युद्धमा चलाएका तरवारहरू र ढालहरू देखाए। हिजकियाहले तिनीहरूलाई सबै चीजहरू देखाए। जुन उनले सुरक्षित राखेका थिए। हिजकियाहले आफ्ना घर अनि राज्यमा भएका सम्पूर्ण चीजहरू तिनीहरूलाई देखाए।
3 त्यसपछि अगमवक्ता यशैया राजा हिजकियाहकहाँ गए र उनलाई सोधे, “यी मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?”हिजकियाहले भने, “तिनीहरू सुदूर देशबाट मलाई हेर्न भनी आएका थिए। तिनीहरू बाबेलबाट आएका हुन्।”
4 यसैले यशैयाले उनलाई सोधे, “तिनीहरूले तिम्रो घरमा के देखे?”हिजकियाहले भने, “तिनीहरूले मेरो राजमहलका सम्पूर्ण चीजहरू हेरे। मैले तिनीहरूलाई जम्मै सम्पत्तिहरू देखाएँ।”
5 त्यसपछि यशैयाले हिजकियाहलाई यसो भने, “सेनाहरूका परमप्रभुबाट आएको यी शब्दहरू ध्यान लगाएर सुन।
6 ‘समय आइरहेछ आज सम्म तिमी र तिम्रो पुर्खाहरूले बचत गरेर राखेको सारा सम्पत्तीहरू बाबेलमा बोकेर लैजानेछ। केही पनि छोड्ने छैन्।’ सेनाहरूका परमप्रभुले भन्नुभयो यी कुराहरू।
7 बाबेलीहरूले तिम्रो आफ्नै छोराहरू पनि लैजानेछन्। अनि तिम्रो छोराहरू बाबेलका राजाका महलमा अधिकारीहरू हुनेछन्।”
8 हिजकियाहले यशैयालाई भने, “परमप्रभुबाट आएको यो सन्देश राम्रो हो।” हिजकियाहले यसो भनेको कारण थियो, “त्यहाँ खास शान्ति र सुरक्षा हुनेछ जब म राजा हुन्छु।”