यशैया

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66


अध्याय 32

यो कुरा ध्यान दिएर सुन जो म भन्छु। राजा सदाचारी हुनु पर्छ जसले दया ल्याउन सक्छ। अगुवाहरूले मानसिहरूलाई नेतृत्व दिंदा निष्पक्ष निर्णय लिनु पर्छ।
2 यदि यस्तो हुन्छ भने राजा हावा पानीबाट लुक्ने ठाउँ हुनुहुनेछ अनि सुक्खा जमीनमा पानीको धारा हुनुहुनेछ। यस गरम ठाउँमा ठूलो चट्टानको शीतल छाँया हुनेछ।
3 मानिसहरू राजासँग सहायता माग्नलाई त्यतातिर जान्छन् अनि मानिसहरूले साँच्चै नै उहाँका कुरा सुन्नेछन्।
4 मानिसहरू जो अहिले अन्यौलमा परेका छन्, पछि तिनीहरू बुझ्न सक्ने योग्यका हुनेछन्। जुन मानिसहरूले स्पष्ट बोल्न सक्दैनन् तिनीहरू अब स्पष्ट र छिटो बोल्नेछन्।
5 मूर्ख मानिसहरूलाई महान मानिसहरू भनिने छैन्। मानिसहरूले तिनीहरूलाई आदर गर्दैनन्। जसले गुप्त रूपमा योजना बनाउँछन्।
6 मूर्ख मानिसहरूले मूर्ख कुराहरू नै गर्छन्, अनि उसको हृदयमा दुष्ट कामहरू गर्ने योजनाहरू हुँदछ। मूर्ख मानिसहरूले ती कुराहरू नै गर्न चाहन्छन् जुन गल्ती छ। मूर्ख मानिसहरूले गरीब मानिसहरूलाई भोजन गर्न दिदैन्। मूर्ख मानिसहरूले परमप्रभुको बारेमा अधार्मिक कुराहरू भन्दछन्। मूर्ख मानिसहरूले तिर्खाएका मानिसहरूलाई पानी पिउन दिंदैनन्।
7 त्यस मूर्ख मानिसले पापलाई हतियार जस्तो चलाउँदछ। उसको योजनाहरूले गरीब मानिसहरूबाट सबै थोकहरू लुट्ने बाटो बनाउँदछ। त्यो मूर्ख मानिसले गरीब मानिसहरूको विषयमा झूटो कुराहरू गर्दछ। अनि त्यस्ता झूटो कुराहरूबाट गरीब मानिसहरू निष्पक्ष रूपबाट न्याय पाउनदेखि वञ्चित हुँदछन्।
8 तर असल अगुवाको योजनाहरू राम्रो काम गर्नलाई नै हुँदछ। अनि ती असल कुराहरूले नै उसलाई असल अगुवा बनाउदैछ।
9 तिमीहरू माझ कतिपय स्त्रीहरूलाई अहिले शान्ति छ। तिमीहरूले सुरक्षित अनुभव गरिरहेका छौ। तर तिमीहरूले उभिएर मैले भनेका कुराहरू सुन्नु पर्छ।
10 तिमी स्त्री मानिसहरूले अहिले सुरक्षित अनुभव गरिरहेका छौ, तर एक वर्ष पछि तिमीहरू कष्टमा पर्ने छौ। किन? किनभने तिमीहरूले आउने वर्षमा दाखहरू बटुल्न सक्ने छैनौ। त्यहाँ बटुल्नलाई दाखहरू नै हुनेछैन्।
11 स्त्रीहरू, तिमीहरू अहिले शान्त छौ, तर तिमीहरू भयभीत हुन पर्ला। स्त्रीहरू हो अहिले तिमीहरू शान्त अनुभव गरिरहेका छौ तर तिमीहरू चिन्तित हुन पर्नेछ। तिमीहरूको राम्रो लुगाहरू खोली देऊ अनि शोकको लुगाहरू लगाऊ। आफ्ना कम्मरमा वरिपरि ती लुगाहरू बेर।
12 ती शोकमा लगाउने लुगाहरू आफ्ना दुखहरूले भरिएका छातीमा लगाऊ।डाको छोडेर विलाप गर, किनभने तिमीहरूका खेतहरू रित्ता छन्। तिमीहरूका दाखका बोटहरूले एकपल्ट फल दिए तर अहिले तिनीहरू रित्ता छन्।
13 मेरा मानिसका जमीनका लागि डाँको छोडेर रूनु। किनभने त्यहाँ काँढा र सिउँडी मात्र उम्रनेछ। ती शहरको निम्ति अनि सबै घरहरूको निम्ति बिलाप गर जुन एक पल्ट आनन्दले भरिपूर्ण थिए।
14 मानिसहरूले प्रमुख शहर छोडेर जानेछन्। तिनीहरूले राजमहल र रक्षा धरहराहरू छोडनेछन्। मानिसहरू घरहरूमा बस्ने छैनन्। तिनीहरू ओडारहरूमा बस्नेछन्। जंगली गधाहरू र भेडाहरू शहरमा बस्नेछन् अनि त्यहाँ घाँस खान पशुहरू जानेछन्।
15 जब परमप्रभुलेमाथिबाट आफ्नो आत्मा दिनु हुँदैन तब सम्म हुनेछ। अब त्यस देशमा धर्म छैन्। यो मरूभूमि सरह भएको छ। तर भविष्यमा त्यो मरूभूमि कर्मेल जस्तै मलिलो जमीन हुनेछ। न्याय निष्पक्ष हुनेछ। अनि मलिलो खेत हरियो जङ्गल सरह हुनेछ-त्यहाँ धार्मिकताको हुनेछ।
16
17 त्यो धार्मिकता शान्ति र सुरक्षा सदाका निम्ति रहनेछ। तिनीहरू चुपचाप शुन्य र शान्तिमय ठाउँमा बस्ने छन्।
18 मेरा मानिसहरू एकदमै सुरक्षित अनि शान्तिपूर्ण ठाउँमा बस्नेछन्।
19 तर यी कुराहरू हुन अघि नै वन-पतन हुनै पर्छ। त्यो शहर परास्त हुनै पर्छ।
20 तिनीहरू कतिपय मानिसहरूले खोलाको छेउछाउमा बिऊहरू रोप्नेछन्। आफ्ना गोरू र गधाहरूलाई स्वतंत्र रूपमा त्यहाँ चर्न र खान दिनेछन्। तिमीहरू एकदम खुशी हुनेछौ।