मीका

1 2 3 4 5 6 7


अध्याय 5

अब तिमी पर्खालले घेरियौ! हामी घेरामा पर्यौं। तिमीहरुले इस्रएलको न्यायकर्तालाई फलामको लौरोले गालामा हिर्काउँनेछन्।
2 तर हे बेतलेहम एप्रात, तिमी जो यहूदाका हजारौंका बीचमा सानो छौ, तर तिमीबाट एउटा “इस्राएलको शासक” मेरो निम्ति आउँनेछ। उहाँको सुरुवात प्राचीन कालदेखिनै छ, धेरै अघि देखि।
3 यसकारण जब सम्म जन्मेको कष्टमा पर्नेले जन्माउँदैन तब सम्म उहाँले सियोनलाई त्यागि दिनुहुनेछ। तब तिनका बचेका दाज्यू-भाईहरु चाँहि इस्राएलीहरुकहाँ फर्किएर आउनेछन्।
4 अनि ऊ खडा हुन्छ आफ्नो भेडाको बथानलाई परमप्रभुको शक्तिले अनि उसका परमप्रभु परमेशवरको महिमाले खुवाँउँछ। तिनीहरु सुरक्षित हुनेछन् किनभने ऊ पृथ्वीको अर्को अन्त सम्म महान रहनेछ।
5 यहीं शान्ति हुनेछ जब अश्शूरी हाम्रो देशमा आउँछ र त्यले हाम्रो देशमा खुट्टा टेक्छ तब हामी त्यसको बिरूद्धमा सात गोठाला र आठ अगुवाहरु खडा गर्नेछौं।
6 अनि तिनीहरुले अश्शूरमाथि तरवारले र निम्रोदको भूमिमाथि नाङ्गो तरवारले शासन गर्नेछन्। अब अश्शूरीहरु हाम्रो देश भित्र पस्छन् र हाम्रो सिमानामा पाईला टेक्छन् तब उहाँले हामीहरुलाई अश्शूरीहरुको हातबाट बचाउँनुहुनेछ।
7 अनि याकूबका बाँकि रहेकाहरु चाँहि धेरै मानिसहरुका बिचमा परमप्रभुबाट आएको शीत र घाँसमाथि पर्ने झरी झैं हुनेछन्, जसले न त कुनै मानिसलाई न मानिसका कुललाई पर्खनेछ।
8 अनि याकूबका बाँकि रहेकाहरु चाँहि धेरै जनताको बीचमा जङ्गलका पशुहरुका बीचमा सिंह र जीव-जन्तुहरुको बिच सिंहको बच्चा जस्तै हुनेछन् जो तिनका बीचमा कुल्चँदै र तिनीहरुलाई टुक्रा पार्दै जानेछन्, र बचाउँने कोही पनि हुनेछैन।
9 तपाईंका बाहुली तपाईंका बिरोधीहरुमाथि रहोस्, र तपाईंका सबै शत्रुहरु ध्वंश हुनेछन्।”
10 परमप्रभु भन्नुहुन्छ, “त्यसदिन म तिम्रा घोडाहरु खोस्नेछु र म तिम्रा रथहरु नष्ट गरिदिनेछु।
11 म तिम्रो देशको सबै शहरहरु उजाड पारिदिनेछु। म तिम्रो सबै गढीहरु भत्काई दिनेछु।
12 फेरि तिमीले जादू चलाउने प्रयत्न गर्नेछौनौं, फेरि तिमी ती मानिसहरुको भविष्य बताउँने प्रयास गर्नेछौनौ।
13 म तिम्रा झूटा देवताको, मूर्तिहरु नष्ट गरिदिनेछु। ती झूटा देवताको मूर्तिहरुको ढुङ्गाको मूर्ति, स्मृति, स्तम्भहरु सबै उखेलेर फ्याँकिदिनेछु जसलाई तिमीहरु स्वयंले, आफ्नो हातले बनाएका थियौ, तिमीहरु त्यसको पूजा गर्ने पाउनेछैनौ।
14 म अशेरा देवीका पूजाको खम्बाहरु नष्ट गरिदिनेछु। अनि म सबै तिम्रो झूटो देवताहरु नष्ट गरिदिनेछु।
15 त्यहाँ केही जातिहरु छन् जसले मेरो कुरा सुन्दैनन्। म तिनीहरुसित क्रोधित हुनेछु र म तिनीहरुसित बद्ला लिनेछु।”