उपदेशक

1 2 3 4 5 6 7 8 9 10 11 12


अध्याय 6

मैले जीवनमा अर्को कुरो पनि देखेकोछु जुन उचित होइन। धेरै मानिसहरूले यसको अनुभव गरेका छन्।
2 त्यस मानिससित चाँहिंदो कुराहरू हुन्छन् र जति चाहन्छ त्यो पनि पाउँदछ। तर परमेश्वरले उसलाई ती कुराहरूको भोग गर्न दिनुहुन्न। कोही अर्कै आइपुग्छ र ती सबै थोकहरू खोसेर लैजान्छ। यो खुबै खराब र व्यर्थ कुरो हो।
3 एकजना मानिस लामो समयसम्म बाच्छ अनि उसका एक सय नानीहरू हुन्छन्। तर यदि त्यो मानिस ती असल कुराहरूसित सन्तुष्ट नभए अनि उसको मृत्युपछि उसलाई सम्झना गर्ने कोही नभए, म त भन्छु कि त्यस मानिस भन्दा तुहेको बालकको भाग्य असल हुन्छ।
4 त्यस बालकलाई कुनै नाम नदिई उसलाई एउटा अँध्यारो खाडलमा पुरिन्छ।
5 त्यसता बालकले कहिल्यै सूर्य देख्दैन र केही कुरो पनी जान्दैन। तर त्यस मानिसको भाग्य! जसलाई परमेश्वरले दिएका कुराहरूको आनन्द कहिल्यै लिएन। त्योभन्दा त त्यस बालकले बडी चैन र शान्ति पाउँदछ।
6 त्यस्ता मानिसहरू दुई हजार वर्ष बाँच्न सक्छन तर यदि तिनीहरूले जीवनमा आनन्द लिन नसके, त्यो राम्रो हो र हरेक मानिस अन्तमा त्यही ठाउँमा जान्छ।
7 एउटा मानिसले निरन्तर काम गरिनै रहन्छ किन? किन कि उसलाई आफ्नो इच्छा पूरा गर्नु छ। तर उ सन्तुष्ट चाँहि कहिल्यै हुँदैन।
8 यस प्रकारले एक बुद्धिमान मानिस पनि एक मूर्ख मानिस भन्दा धेरै राम्रो होइन। यस्तो दीन-हीन मनुष्य हुनुमा पनि के फायदा हुनसक्छ?
9 एकोहोरो लागि रहनुमाभन्दा आफूसित जो छ त्यसैमा सन्तोष हुनु राम्रो हो। सधैं धेरै खोजिरहनु व्यर्थ हो। यो पनि हावालाई पक्रडन खोज्नु जस्तै हो।
10 जे जति भइरहेको छ त्यो भूतकालमा नै वर्णन गरिसकेको छ कोही, मानिसहरूले तिनीहरू भन्दा बलियोलाई विरोध गर्न सक्दैन।
11 यसकारण ज्यादा बोल्नु व्यर्थ हो।
12 कसले जान्दछ मनुष्यको छोटो जीवनमा उसको लागि यस भूमिमा सबैभन्दा राम्रो के छ? उसको जीवन त छायाँ जस्तो हराइ हाल्छ। यस संसारमा भोली के हुन्छ भनी कुनै मानिसले भन्नसक्दैन।