हितोपदेश
अध्याय 27
तिमीलाई ज्ञान छैन भोलि के हुने हो, यसर्थ भविष्यमा हुने कुरा लिएर शेखी नगर।
2 आफ्नो प्रशंसा अरूले गरोस्, आफैंले होइन।
3 ढुङ्गा गह्रौं हुन्छ, बलुवा ओसार्नु अप्ठेरो पर्छ तर क्रोधित मूर्खले गराएको कष्ट सहनु त्यो भन्दा अझ गाह्रो हुन्छ ।
4 रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ?
5 लुकेको माया भन्दा खुल्ला आलोचना राम्रो।
6 साथीले तिमीलाई कुनै बेला कडा शब्द भन्ला उसको उदेश्य नराम्रो होइन। तर शुत्रको चुम्बनहरू झूटा हुन्छन्। उसले तिमीलाई दया नै देखाओस, तर उसको हृदयमा तिमीप्रति शत्रुताले नै बास गरेको हुन्छ।
7 अघाएको बेला मह पनि मीठो हुँदैन, तर भोकाएको मानिसको लागि सबै तीतो चीज पनि मीठो हुन्छ।
8 आफ्नो घर छाडे पछि गुँडबाट निस्केको चरा जस्तै भौतारिन्छ।
9 अत्तर तथा सुगन्धित वस्तुहरूले मनमा आनन्द ल्याउँछ। अनि एकजना मानिसको साथीको आनन्ददायता हृदय देखि दिएको सल्लाहबाट आउँछ।
10 आफ्नो साथी अनि बाबुको साथीलाई कहिल्यै नभूल्नु। आपद आइलागेको समयमा भाइ भनी टाडो सहायता माग्न नजानु कारण टाडाको भाइ भन्दा छिमेकी नै उपयोगी हुन्छ।
11 हे मेरो छोरो! तिमी बुद्धिमान् भएर मेरो मन खुशी पारिदेऊ ताकि, जसले मलाई घृणागर्छ त्यसलाई म जवाफ दिन सकुँ।
12 बुद्धिमानी मानिस आपत आईलाग्ने चाल पाए, सुरक्षाको निम्ति शरण लिन्छ तर अज्ञानीमानिस शिरहरू सीधा पारेर यसै आपततिर जान्छ अनि दुःख पाउँछ।
13 एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।
14 प्रभात स्वागतको लागि जसले छिमेकीको निंन्द्रा बिच्काउन जान्छ उसले श्राप पाउँछ।
15 एउटा कचकचे, झगडालु, पत्नी वर्षाको दिनमा पानी चुहुने छाना जस्ती हो।
16 उसलाई रोक्न कोशीष गर्नु हावा चल्नुबाट रोक्न प्रयास गर्नु जस्तै अथवा हातहरूले तेल समात्न प्रयास गर्नु जस्तै व्यर्थ हो।
17 जसरी फलामको सानो टुक्राले फलाम कै छुरी तथा हतियारहरू उध्याइन्छ त्यसरी नै मानिसहरूले पनि एक-आर्काबाट ज्ञान सिक्छन्।
18 जसले अञ्जीरको रूख रेखदेख गर्छ उसले त्यसको फल खानु पाउँछ, त्यसरी नै जसले मालिकको खुब सेवा गर्छ उसले पुरस्कार पाउँछ।
19 जब मानिसले पानीमा हेर्छ उसले त्यहाँ आफ्नो अनुहारको प्रतिबिम्बि देख्छ, त्यसरी नै एकजना मानिसको हृदय कस्तो छ उसको व्यवहारबाट चाल पाइन्छ।
20 जसरी चिहान कहिल्ये भरिदैन, मानिसको आँखा पनि कहिल्ये तृप्त हुँदैन।
21 सुन र चाँदी आगोद्वारा जाचिन्छ, त्यसरी नै एकजना मानिसलाई उसको यशबाट जाँचिन्छ।
22 मूर्खलाई जाँतोमा पिंधेर धूलो पिठो बनाई सक्दा पनि उसको मूर्खताले उसलाई छोडदैन।
23 तिमी निश्चित हौ की तिम्रो भेडाहरूको अवस्था तिमी जान्दछौ अनि तिम्रो बथानहरूलाई राम्रो ध्यान देऊ।
24 सम्पत्ति कसै सित पनि स्थायी भई बस्दैन। राजमुकुट पनि एउटा वंशको टाउकोमा बसिरहँदैन।
25 जब घाँस काटिन्छ र नयाँ पलाउँछ र पहाडको डाँडा-काडाँमा पराला जम्मा गरिन्छ, तब थुमाहरूबाट तिम्रो लुगाफाटा प्राप्त हुनेछ, भेडाहरूबाट खेत किन्न सक्ने छौ बाख्राको दूध तिम्रो घर परिवारको लागि र तिम्रो नोकर्नीहरूको भरण पोषणको लागि प्रयाप्त हुनेछ।
26
27