अय्यूब

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42


अध्याय 25

तब शुहबाट आएका बिल्ददले जवाफ दिएः
2 “परमेश्वर शासक हुनु हुन्छ। उहाँले मानिसहरूलाई त्रसित पार्नुहुन्छ अनि उहाँलाई आदर गर। उहाँले माथि आफ्नो स्वर्गमा शान्ति कायम राख्नु हुन्छ।
3 परमेश्वरबाट सबै मानिसहरूमा घाम उदय हुँदछ। कसैले पनि उहाँका ताराहरूलाई गन्न सक्दैनन्।
4 परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिदैन। कुनै पनि मानिस कहिल्यै निर्दोष हुन सक्तैन।
5 परमेश्वरको दृष्टिमा, जुनसम्म शुद्ध र प्रज्वलित छैन ताराहरू पनि शुद्ध छैन।
6 मानिसहरू कम्ती नै शुद्ध हुन्छन्, मानिसहरू कीराहरू जस्ता हुन, मानिसहरू महत्वहीन कीराहरू जस्ता छन।”