एस्तर

1 2 3 4 5 6 7 8 9 10


अध्याय 10

त्यसपछि राजा अहासूरसले भुमि र समुद्र उपकुल माथि तिरो लगाए। अनि हरेक शक्तिशाली र महान कर्म राजा अहासूरसले गरे।
2 अनि मोर्दकैका महानकार्यको विवरण, जसलाई राजाले पदोन्नति प्रदान गरेका थिए के ती मेदिया अनि फारसका राजाहरूका इतिहासमा लेखिएका छैनन्? साँच्चै यहूदी अनि मोर्दकै राजा अहासूरसका दोस्रो राजा थिए।
3 तिनी प्रभावशाली अनि तिनलाई सबै यहूदीहरू खुबै मन पराएका व्यक्ति थिए। तिनी आफ्ना मानिसहरूको कल्याण चाहन्थे अनि आफ्ना सबै सन्तानहरूका निम्ति शान्तिको संन्देश प्रदान गर्न चाहन्थे।