बाँकी र निद्रा


  • तब तिमीले सुरक्षित अनुभव गर्नेछौ किनभने त्यहाँ आशाको किरण देखा पर्नेछ परमेश्वरले तिम्रो हेरचाह गर्नु हुनेछ अनि तिमीलाई आराम प्रदान गर्नुहुनेछ। तिमी विश्राम गर्न ढल्किन सक्नेछौ अनि कसैले तिमीलाई सताउने छैन। अनि धेरै मानिसहरूले तिम्रो निम्ति सहयोगको हात बढाउन आउनेछन।
    Job 11:18,19
  • म ढल्केर आराम गर्न सक्छु, अनि जान्दछु म उठ्ने छु। किनभने परमप्रभुले मलाई ढाक्नु र रक्षा गर्नुहुन्छ!
    भजनसंग्रह 3:5
  • म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु। किन? किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउन दिनुहुन्छ।
    भजनसंग्रह 4:8
  • तिमीहरू राती व्यर्थमा डराउने कामै छैन अनि दिनमा पनि तिमी आफ्ना शत्रुहरूको काँडहरूसित डराउने छैनौं।
    भजनसंग्रह 91:5
  • जीवन तयार पार्ने चेष्टामा विहान चाँडै जागेर राती ढिलो सम्म बस्नु चाँहि समय नष्टपार्नु मात्र हो। परमेश्वरले मन पराउनु भएका आफ्ना मानिसहरू मस्त सुतीरहेका बेला पनि ध्यानमा राख्नुपर्छ।
    भजनसंग्रह 127:2
  • जब तिमी ओछ्यानमा पल्टनेछौ तिमीलाई डर लाग्दैन अनि सुत्दा घोर निद्रामा पर्नेछौ।
    हितोपदेश 3:24
  • जसले सारा दिन कडा मेहनत गर्छ, ऊ घर गएर चैन साथ सुत्न सक्छ। उसलाई खान कम छ कि धेरै छ केही खाँचो पर्दैन। तर धनी मानिस आफ्नो धनको चिन्तामा नै डुबिरहन्छ र सुत्नसम्म पनि सक्दैन्।
    उपदेशक 5:12
  • तर ती मानिसहरूमा शान्ति आउनेछ अनि तिनीहरू आफ्नौ ओछ्‌यानमा आराम गर्नेछन्। किनभने तिनीहरू परमप्रभुले चाहेकै बाटोमा गए।
    यशैया 57:2
  • त्यस्ता कुराहरू हुनेछन जब तिमीहरूले विश्रामकोदिन परमेश्वरको नियमहरू विरूद्ध पाप गर्न बन्द गर्नेछौ। अनि त्यस्तो हुनेछ जब तिमीहरू ती कुरा गर्दैनौ जसले तिमीलाई प्रसन्नता दिन्छ। तिमीहरूले विश्राम दिनलाई आनन्दको दिन गर्नेर्छौ। तिमीहरूले परमप्रभुको विशेष दिनलाई आदर गर्नेछौ। तिमीहरूले त्यस विशेष दिनलाई अरू दिनहरूमा गरेको काम नगरेर सम्मान गर्नेछौ। त्यसपछि तिमीहरूले परमप्रभुलाई दयाको लागि बिन्ती गर्न सक्छौ। अनि उहाँले तिमीहरूलाई पृथ्वीमाथि अल्गो ठाउँहरूमा लैजानु हुनेछ। अनि उहाँले तिमीहरूलाई ती सबै चीजहरू दिनुहुनेछ जुन तिम्रो पुर्खा याकूबका थिए।परमप्रभु आफैले ती कुराहरू भन्नुभयो।
    यशैया 58:13, 14
  • यसकारण तिमीहरू खाऊ, पिऊ, जे सुकै गर, तर त्यो परमेश्वरको महिमाकोलागि गर।
    1 कोरिन्थी 10:31
  • यसले देखाउँछ कि परमेश्वरका मानिसहरूलाई सातौ दिनको विश्राम अझै आउँदैछ। आफ्नो काम सकेर परमेश्वरले विश्राम लिनुभयो। यसकारण जसले प्रवेस गर्छ र परमेश्वरको विश्राम पाउँछ उसले परमेश्वरले गरिसकनु भए जस्तै आफ्नो काम गरिसकेको हुन्छ।
    हिब्रू 4:9,10