शान्ति


  • “तर जहाँसम्म तेरो कुरा छ, तँ मनग्गे बाँच्नेछस्। तँ शान्तिपूर्वक मर्नेछस् अनि तँ त्यहीं गाडिनेछस् जहाँ तेरा पिता-पुर्खाहरूलाई गाडिएको थियो।
    उत्पत्ति 15:15
  • परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्। परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिले आशीर्वाद दिऊन्।
    भजनसंग्रह 29:11
  • नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर। शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।
    भजनसंग्रह 34:14
  • नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन् अनि तिनीहरूले प्रचूर उन्नति र आनन्द उपभोग गर्नेछन्।
    भजनसंग्रह 37:11
  • शुद्ध र ईमान्दार बन। शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्।
    भजनसंग्रह 37:37
  • मानिसहरू जसले तपाईंको उपदेश मन पराउछन् तिनीहरू साँचो रूपमा शान्तिमा पुग्दछन्। केहीले पनि तिनीहरू पतन गराउन सक्दैन।
    भजनसंग्रह 119:165
  • मैले भने म शान्ति चाहन्छु, यसकारण तिनीहरूले युद्ध चाहे।
    भजनसंग्रह 120:7
  • परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ।
    हितोपदेश 16:7
  • एक समय हुन्छ माया गर्ने, एक समय हुन्छ घृणा गर्ने, एक समय हुन्छ झगडा गर्ने र एक समय हुन्छ मेल-मिलाप गर्ने।
    उपदेशक 3:8
  • कुनै विशेष बालक जन्मदा त्यस्तो घट्ना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनु हुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नाउँ “अचम्मका सल्लहाकार, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ।”
    यशैया 9:6
  • परमप्रभु तपाईंले मानिसहरूलाई साँचो शान्ति दिनुभयो जो तपाईंमाथि आस्रित छन् जसले तपाईंलाई विश्वास गर्दछन्।
    यशैया 26:3
  • त्यो धार्मिकता शान्ति र सुरक्षा सदाका निम्ति रहनेछ। तिनीहरू चुपचाप शुन्य र शान्तिमय ठाउँमा बस्ने छन्।
    यशैया 32:17
  • तिम्रा नानीहरूले परमेश्वरलाई पछ्याउनेछन्। अनि उहाँले तिनीहरूलाई शिक्षा दिनुहुनेछ। तिम्रा नानीहरूले वास्तविक रूपमा शान्ति पाउनेछन्।
    यशैया 54:13
  • तिमी खुशी साथ बाहिर जानेछौ अनि शान्त रहनेछौ। पर्वत र पहाडहरू प्रसन्न भएर नाच्न चाहनेछन्। खेतका सबै रूखहरूले ताली बजाउनेछन्।
    यशैया 55:12
  • “दुष्ट मानिसहरूलाई त्यहाँ शान्ति छैन।”
    यशैया 57:21
  • ती मानिसहरूले शान्तिको बाटो जान्दैनन्। ती मानिसहरू निष्पक्ष छैनन्। तिनीहरू कपटी जीवन जिउँछन्। अनि जो मानिसहरू त्यस्तो प्रकारले बाँच्दछन् तिनीहरूले कहिल्यै शान्ति पाउने छैनन्।
    यशैया 59:8
  • अगमवक्ताहरू र पूजाहारीहरूले तिनीहरूका घाउहरूमा मलमपट्टी गर्नु पर्छ। तर तिनीहरूले ती घाऊहरूलाई कोट्‌याको जस्तो मात्र ठाने। तिनीहरू भन्छन्, ‘प्रत्येक कुरो ठीक छ’ अनि प्रत्येक जग्गामा शान्ति छ, जब कि त्यहाँ शान्ति छैन।’
    यर्मिया 6:14
  • म यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु।” यो परमप्रभुबाट आएको सन्देश हो, “मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउदिन। मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु।
    यर्मिया 29:11
  • “तर म शहरमा पुन आरोग्यता र स्वस्थ्य ल्याउनेछु। म तिनीहरूलाई सुस्वास्थमा राख्नेछु। म शान्ति र सुरक्षा ल्याउनेछु।
    यर्मिया 33:6
  • “तिमीहरू मानिसको डरले काम्ने छौ। तिमीहरू शान्ति खोज्नेछौ तर त्यहाँ पाउँने छैनौं।
    इजकिएल 7:25
  • “यो सबै इस्राएलको झूटो अगमवक्तहरूको निम्ति हुनेछ। ती अगमवक्ताहरू यरूशलेमका मानिसहरूसँग बात गर्छन। ती अगमवक्ताहरू भन्छन् शान्ति हुन्छ तर कतै शान्ति छैन्।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।
    इजकिएल 13:16
  • “त्यसको मन निरन्तर क्रियाशील रहनेछ, र आफूले रचेको चतुर षड्यन्त्रमा त्यो सफल हुनेछ। त्यसले ठूला ठूला युक्तिहरू रच्नेछ। तिनीहरूले नचिताएको समयमा त्यसले तिनीहरूमाथि धेरै विध्वंश ल्याउनेछ। त्यसले प्रधानहरूका प्रधानलाई पनि धाक दिनेछ तर कुनै मानिसको हात विनानै त्यो ढल्नेछ।
    Daniel 8:25
  • “‘जब त्यस प्रदेशको सर्वाधिक धनी क्षेत्रले आफूलाई शान्ति र सुरक्षित अनुभव गर्छ, त्यति नै बेला उसले धनहरू लुट्नेछ र आफू पछि लाग्नेहरूलाई लूटको धन दिनेछ। त्यसका पिता-पुर्खाहरूले गर्न नसकेको काम त्यसले गर्नेछ।
    Daniel 11:24
  • हेर यहूदा! पहाडमाथिबाट त्यहाँ कोही आउँदैछ। हेर, कसैले सुसमचार लिएर आउँदैछ। हेर, त्यले भन्दैछ, ‘त्यहाँ शान्ति छ।’ यहूदा तिमी आफ्नो बिशेष भोज मनाऊ। यहूदा तिमी आफ्नो भाकल पुरा गर। फेरि दुष्टटले तिमीमाथि आक्रमण गर्नेछैनन्। ती सबै दुष्टहरु ध्वंश पारिनेछन्।
    Nahum 1:15
  • परमप्रभुले भन्नुभयो, “मैले यो करार लेवीहरूसंग गरें। मैले उनीहरूलाई शान्तिपूर्ण जीवन दिने प्रतिज्ञा गरें, अनि मैले दिएँ। लेवीबरूले मेरो सम्मान गरे। तिनीहरूलेमेरो नाउँको सम्मान गरे।
    मलाकी 2:5
  • धन्य शान्ति मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना पुत्र भन्नुहुनेछ।
    मत्ती 5:9
  • घरभित्र भएका मानिसहरूले तिनीहरूलाई स्वागत जनाए भने तिनीहरू तिम्रो शान्तिको कामना ग्रहण गर्न योग्यका छन्। यदि तिनीहरूले स्वागत नजनाए तिमीहरूको शान्तिको कामना फिर्त्ता लेऊ किनभने तिनीहरू तिमीहरूको शान्तिको कामनाका योग्य छैनन्।
    मत्ती 10:13
  • “म पृथ्वीमा शान्ति ल्याउन आएको भनी नसझ म पृथ्वीमा शान्ति ल्याउनलाई आएको होइन। तर म तरवार चलाउन आएको हुँ।
    मत्ती 10:34
  • तब येशू जुरूक्क उठ्नुभयो अनि त्यो आँधीलाई हकार्नुभयो। येशूले समूद्रलाई भन्नू भयो, “चूपचाप बस शान्त हो। अनि तत्कालै आँधी थामियो अनि ताल शान्त बन्यो।
    मर्कूस 4:39
  • येशूले त्यस आईमाईलाई भन्नुभयो, “हे स्त्री, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ। शान्तिसित जाऊ। अब तिमी तिम्रो रोगबाट मुक्त भयौ।”
    मर्कूस 5:34
  • नुन राम्रो हुन्छ। यदि नूनले नूनको स्वाद नै हराएको छ भने त्यसलाई फेरि नूनिलो बनाउन सकिंदैन। यसैले असल बन, अनि एका अर्कामा शान्ति कायम राख।”
    मर्कूस 9:50
  • उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मदत गर्नु हुनेछ। उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।”
    लूका 1:79
  • सर्वोच्चमा परमेश्वरलाई महिमा। अनि जति मानिसहरूसंग परमेश्वर खुशी हुनुहुन्छ तिनीहरूमा शान्ति रहोस्।”
    लूका 2:14
  • येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई रक्षा गरयो। अब तिमी शान्तिसाथ जाऊ।”
    लूका 7:50
  • कसैको घरमा पस्न अघि, भन, यस घरमा तिमीहरूलाई शान्ति होस्।’
    लूका 10:5
  • यदि उसले त्यो राजालाई जित्न सक्तैन भने उसले आफ्नो मानिसहरू अर्को राजाकोमा शान्ति प्रस्ताव राख्नको निम्ति पठाउनु पर्छ।
    लूका 14:32
  • तिनीहरूले भने,“‘धन्य हुन, ती राजा जो परमप्रभुको नाउँमा आउँछन्। भजनसंग्रह 118:26स्वर्गमा शान्ति होस् अनि परमेश्वरलाई महिमा होस्।”‘
    लूका 19:38
  • जब ती दुइजना मानिसले यी कुराहरू गर्दै थिए, येशू आफै चेलाहरूको माझमा उभिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।”
    लूका 24:36
  • “म तिमीहरूलाई मेरो शान्ति छोडदछु, यो मेरो आफ्नै शान्ति तिमीहरूलाई दिंदछु। म तिमीहरूलाई शान्ति दिन्छु, यो त्यो शान्ति होइन जुन संसारले दिन्छ। यसकारण तिमीहरूको हृदय विचलित नहोस् अनि कुनै विषयमा पनि नडराऊ।
    यूहन्ना 14:27
  • “मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि तिमीहरूलाई ममा शान्ति रहोस्। यस संसारमा तिमीहरूलाई संकट हुनेछ। तर साहसी बन। मैले संसारलाई पराजित गरेको छु।”
    यूहन्ना 16:33
  • यो पत्र तिमीहरू सबै रोमवासीहरूलाई हो कि प्रभुले तिमीहरूलाई आफ्ना पवित्र मानिसहरू भनेर बोलाउनु भएको छ। तिमीहरू ती मानिसहरू हौ जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।तिमीहरूलाई हाम्रो पिता परमेश्वरबाट र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।
    रोमी 1:7
  • जता-जता तिनीहरू जान्छन् त्यहाँ सर्वनाश र विपत्ति ल्याउँदछन्। तिनीहरू शान्तिको बाटो जान्दैनन्।” “तिनीहरूमा परमेश्वरको डर र सम्मान छैन।”
    रोमी 3:16-18
  • हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेकाछौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं।
    रोमी 5:1
  • यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियंत्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ।
    रोमी 8:6
  • तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छः “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।”
    रोमी 10:15
  • सबैसँग शान्तिसित बस्ने चेष्टा गर।
    रोमी 12:18
  • परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कूरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द।
    रोमी 14:17
  • यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्।
    रोमी 14:19
  • तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वर जो आशाको मुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गरून्। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बन्नेछ।
    रोमी 15:13
  • परमेश्वर जो शान्तिका स्रोत हुनुहुन्छ, तिमीहरू सबैसित रहुन्। आमिन।
    रोमी 15:33
  • हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।पावल परमेश्वरलाई धन्यवाद चढाउँछन्
    1 कोरिन्थी 1:3
  • तर विश्वास नगर्नेले त्याग्न खोजे, उसलाई त्यसो गर्न देऊ। त्यसो भएको खण्डमा ख्रीष्टमा भाइ वा बहिनी बन्धनमा रहदैंनन्।
    1 कोरिन्थी 7:15
  • किनभने परमेश्वर गोलमालको परमेश्वर हुनु हुन्न, तर शान्तिका परमेवश्वर हुनु हुन्छ।
    1 कोरिन्थी 14:33
  • दाज्यु-भाइ दिदी-बहिनीहरू! अब म विदा लिन्छु। परिपक्क हुने कोशिश गर। मैले तिमीहरूलाई भनेको कुरा गर। एक अर्कासित मिल र शान्तिसित बस। तब प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।
    2 कोरिन्थी 13:11
  • परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति दिउन।
    गलाती 1:3
  • यो व्यवस्था पालन गर्ने परमेश्वरका सम्पूर्ण जनहरू अनि परमेश्वरका जम्मै मानिसहरू प्रति शान्ति र करूणा रहोस्।
    गलाती 6:16
  • तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता,
    गलाती 5:22
  • ख्रीष्टको कारणले अहिले हामीले शान्ति पाएका छौं। ख्रीष्टले हामी दुवैलाई एक बनाउनु भएको थियो। यहूदी र गैर-यहीदूहरू बीचमा पर्खाल लागे जस्तै छुट्टिएका थिए। तिमीहरू आपस्तमा घृणा गर्थे। तर ख्रीष्टले आफ्नै शरीरले घृणाको पर्खाल भत्काइदिनु भयो। यहूदी नियममा धेरै विधान र आज्ञाहरू थिए। तर ख्रीष्टले व्यवस्थालाई समाप्त गरिदिनु भयो। मानिसहरूको यी दुई अलग समूहलाई आफूमा एउटै नयाँ मानिस बनाउने र यसरी शान्ति ल्याउने ख्रीष्टको उद्देश्य थियो।
    एफिसी 2:14,15
  • आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर।
    एफिसी 4:3
  • प्रचारका निम्ति तयार हुनु शान्तिको सुसमाचरको जुत्ता जस्तो तिम्रो खुट्टामा लगाऊ।
    एफिसी 6:15
  • जुन कुराहरू तिमीहरूले सिक्यौ, ग्रहण गर्यौ, सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर!ख्रीष्टिय धर्मी फिलिप्पीहरूलाई पावलबाट धन्यवाद
    फिलिप्पी 4:9
  • अनि यो परमेश्वरको इच्छा थियो कि उहाँले स्वर्ग अनि पृथ्वीको जम्मै वस्तुहरू ख्रीष्ट मार्फत फेरि उहाँमा ल्याउने। क्रूसमा परमेश्वरले ख्रीष्टको रगतबाट शान्ति ल्याउनु भयो।
    कलस्सी 1:20
  • ख्रीष्टको शान्तिले तिमीहरूको हृदयलाई नियन्त्रण गरोस। तिमीहरूले शान्ति पाऊ भनी एउटै शरीरमाबोलाईएका छौ। सदा सर्वदा धन्य होऊ।
    कलस्सी 3:15
  • मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं। तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।
    1 थिस्सलोनिकी 5:3
  • जवानीको अभिलाषा देखि टाढो बस। असल जीवन जिउनुलाई विश्वास, प्रेम र शान्ति प्राप्त गर्न महान प्रयास गर। यी कुराहरू शुद्ध हृदय भएका अनि परमप्रभुमा विश्वास भएका मानिसहरूको सङ्गतमा गर्ने प्रयास गर।
    2 तिमोथी 2:22
  • सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन।
    हिब्रू 12:14
  • म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेडाका ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो। म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशूको सदा महिमा होस्। आमिन।
    हिब्रू 13:20
  • मानिसहरू जो शान्तिको निम्ति शान्तिसांथ कार्य गर्छन् तिनीहरूले धार्मिकताको फसल बटुल्छन्।
    याकूब 3:18
  • त्यस व्यक्तिले कुकर्म गर्नु छाडनुपर्छ अनि असल कार्य गर्नुपर्छ, त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ अनि त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ।
    1 पत्रुस 3:11
  • तब अर्को घोडा वाहिर आयो। त्यो रातो घोडा थियो। त्यो घोड-सवारलाई पृथ्वीदेखि शान्ति उठाएर लाने अनि मानिसहरुलाई एक-अर्कामा हत्या गराउने अधिकार प्रदान गरियो। त्यस घोड-सवारलाई एक विशाल तरवार दिइयो।
    प्रकाश 6:4