मातृत्व


  • आफ्ना बाबुका परमेश्वरबाट शक्ति पाउनेछन्। सर्वशाक्तिमान परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन, अनि स्वर्गबाट तिमीलाई आशीर्वाद दिऊन, अनि अगाध गहिरो समुद्रबाट तिमीलाई आशीर्वाद दिऊन्। उहाँले तिमीलाई स्तन र गर्भबाट आशीर्वाद दिऊन।
    उत्पत्ति 49:25
  • तर इस्राएलका मानिसहरूका धेरै बाल-बच्चाहरू थिए अनि तिनीहरूका सन्तान बढि नै रहे। इस्राएलका मानिसहरू शक्तिशाली भए र इस्राएलीहरूले नै मिश्र देश भरियो।
    प्रस्थान 1:7
  • उहाँ तिमीहरूलाई प्रेम गर्नु हुनेछ र आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूको राष्ट्रलाई विकसित गराउनु हुनेछ। उहाँले तिमीहरूका नानीहरूलाई आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूलाई अन्नबालि, तेल र नयाँ दाखरस दिनुहुनेछ। उहाँ तिमीहरूका जन्तु तथा भेडाहरूलाई पनि नयाँ बाछा-पाठाहरूको निम्ति आशीर्वाद दिनुहुनेछ। तिमीहरूले यी सबै आशीर्वादहरू त्यस भूमिमा पाउने छौ जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको थियो। “अरू मानिसहरूले भन्दा तिमीहरूले बढी आशीर्वाद पाउनेछौ। प्रत्येक पति-पत्नी नानी जन्माउन योग्य हुनेछन्। गाईहरूले बाछा-बाछीहरू बियाउने योग्य हुनेछन्।
    व्यवस्था 7:13, 14
  • परमेश्वरले मलाई मेरी आमाको गर्भमा रच्नुभयो र तिनीहरूलाई पनि तिनीहरूकी आमाको गर्भमा रच्नुभयो, परमेश्वरले हामीहरूलाई गर्भमा रूप दिनुभएको हो।
    Job 31:15
  • उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ। असल मानिसका सन्तानहरूलाई साँचो रूपमा आशीर्वाद दिइनेछ।
    भजनसंग्रह 112:2
  • एउटी स्त्रीको नानीहरू नहुन सक्लान तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ! परमप्रभुको प्रशंसा गर!
    भजनसंग्रह 113:9
  • शिशुहरू परमप्रभुकै उपहार हुन्। आमाको शरीरबाट पुरस्कार हो।
    भजनसंग्रह 127:3
  • परमप्रभु, तपाईंले मेरो सम्पूर्ण शरीर बनाउनु भयो। म आमाको गर्भमा हुँदा मेरो विषयमा सवै कुराहरू जान्नुहुन्छ।
    भजनसंग्रह 139:13
  • यरूशलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो। अनि परमेश्वरले तिम्रो शहरका मानिसहरूलाई आशीर्वाद दिनुभयो।
    भजनसंग्रह 147:13
  • गोठालेले भेडा डोर्याए झैं परमप्रभुले आफ्ना मानिसहरूलाई डोर्याउनु हुनेछ। परमप्रभुले आफ्ना शक्ति चलाउनु हुनेछ अनि आफ्ना भेडाहरू एकत्रित पार्नुहुनेछ। परमप्रभुले साना पाठो उठाउनुहुनेछ अनि आफ्नो पाखुरामा च्याप्नु हुनेछ, तिनीहरूका आमाहरू उहाँको पछाडि हिंड्नेछन्।
    यशैया 40:11
  • “म तिर्खाएको मानिसहरूलाई पानी खन्याई दिनेछु। म सुक्खा भूमिहरूमा खोला बगाइदिनेछु। म मेरो आत्मा तिम्रा छोरा-छोरीहरूमाथि खन्याई दिनेछु, यो तिम्रो सन्तानमा बगिरहने पानीका धाराहरू जस्तै हुनेछ। तिनीहरू संसारका मानिसहरूका माझमा बढनेछन्। तिनीहरू खोलाहरूका छेउमा उम्रेर बढने रूखहरू जस्ता हुनेछन्।
    यशैया 44:3, 4
  • एकजना स्त्रीले प्रसव वेदना अनुभव नगरी नानी जन्माउँदिन। एकजना स्त्रीले जन्मेको छोरोको मुख हेर्न अघि प्रसव वेदनाको अनुभव गरेकी हुनुपर्छ। यस्तै प्रकारले कसैले पनि एकै दिनमा नयाँ संसार बनिएको देखेनन्। कुनै मानिसले पनि एकै दिनमा नयाँ जाति प्रारम्भ भएको सुनेन्। त्यो देशले प्रथम पीडा पाउनै पर्छ नयाँ शिशु जन्माउँदा जस्तै। प्रसव वेदनाको अनुभव पछि भूमिले उसको बालकलाई जन्म दिन्छ, एक नयाँ जाति। त्यसरी नै, म कसैलाई नानी नजन्माइ प्रसव वेदना अनुभव गर्ने अनुमति दिँदिन्।”परमप्रभुले भन्नुहुन्छ, “म वचन दिन्छु, यदि तिमीलाई प्रसव वेदना अनुभव हुन्छ भने तब म नयाँ राष्ट्र जन्माउनलाई तिमीलाई रोक्ने छैन्।” तिमीहरूका परमेश्वरले यस्तो भन्नुभयो।
    यशैया 66:7, 9
  • “मैले तिमीलाई तिम्रो आमाको गर्भमा गर्भधारण गर्नुभन्दा अघिबाटै चिन्थें। तिमी जन्मनु अघिनै, म तिमीलाई जान्दथें। मैले तिमीलाई जाति-जातिहरूमा विशेष काम गराउनु अगमवक्ताको लागि रोजे।”
    यर्मिया 1:5
  • तिमीलाई आशीर्वाद छ किनभने परमप्रभुले तिमीलाई भन्नु भएको कुरा पूरा हुनेछ भन्ने तिमीमा विश्वास थियो।”
    लूका 1:45
  • जब एक नारीले बालकलाई जन्म दिने समय हुन्छ, उसलाई पीडा हुँदछ, किनभने उसले जन्माउने समय आएको हुँदछ। तर जब बालक जन्मिसक्दछ, उनले अघिका पीडाहरू भुल्छिन्, किनभने उनले बालक संसारमा जन्मिएको खुशीमा अघिका पीडाहरू त्यसै भुल्दछिन्।
    यूहन्ना 16:21
  • तर स्त्रीहरू नानी जन्माउनाले मुक्त हुन्छन्। तिनीहरू विश्वास, प्रेम अनि पवित्रतामा लागिरहे अनि उचित तरिकाले आत्मा संयममा लागिरहे तिनीहरूले मुक्ति पाउँछन्।
    1 तिमोथी 2:15
  • अब्राहाम नानीहरू जन्माउन नसक्ने बूढा थिए र सारा पनि बाँझो थिइन। तर परमेश्वरमा विश्वासकै कारणले उनी बाबु भए। उहाँले वचन पूरा गर्नुहुन्छ भनी अब्राहामले परमेश्वरलाई पत्यार गरे।
    हिब्रू 11:11