बच्चाहरु


  • जब तिमीहरू, घरमा विश्राम गर्न बस्छौ अथवा बाटोमा हिड्छौं यी आज्ञाहरूको विषयमा आफ्ना नानीहरूसित कुरा गर जब तिमीहरू उठ बस गर्छौं।
    व्यवस्था 6:7
  • आज्ञाहरू जो म तिमीहरूलाई दिन्छु पालन गर्दा सावधान होऊ। जब तिमीहरू असल र उचित कामहरू गर्छौ जसले परमप्रभु तिमीहरूका परमेश्वरलाई सन्तुष्ट पार्छ, तब तिमीहरूको निम्ति र तिमीहरूको भावी सन्तानको निम्ति सधैं भलो हुनेछ।
    व्यवस्था 12:28
  • तब उनले भने, “तिमीहरूले निश्चय गर्नु पर्छ आज मैले बताएका सबै आज्ञाहरू तिमीहरू सम्झना राख्छौ र यस व्यवस्थामा रहेका आज्ञाहरू तिनीहरूले पालन गर्नै पर्छ भनी आफ्ना छोरा-छोरीहरूलाई बताउँनेछौ। नसोच यी उपदेशहरू महत्वहीन छन् ती तिमीहरूको जीवन हुन्। यी शिक्षाहरूद्वारा तिमीहरू यर्दन नदी पारिको देश जुन देशमा तिमीहरू बस्न जान तयार छौ त्यहाँ धेरै समयसम्म बस्न सएछौ।”
    व्यवस्था 32:46,47
  • सबै कुरा हेरें पछि मैले तुरन्तै मुख्य अधिकारीहरू र अन्य मानिसहरूलाई भने, “तिनीहरूसित भयभीत न होऊ। हाम्रा मालिक महान अनि शक्तिशाली एकलाई सम्मु आफ्ना भाईहरू आफ्ना छोरा-छोरीहरू अनि, आफ्ना पत्नीहरू र घरका निम्ती लडाई गर।”
    नहेम्याह 4:14
  • केटा-केटीहरू मलाई ध्यान देऊ, म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु।
    भजनसंग्रह 34:11
  • तपाईंको विधिहरू अपनाएर कसरी एउटा युवा मानिस साँचो जीवन जिउन सक्छ?
    भजनसंग्रह 119:9
  • हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्। हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।
    भजनसंग्रह 144:12
  • हे मेरा छोरा, मेरा शिक्षाहरूलाई नभुल। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर।
    हितोपदेश 3:1
  • किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधार्नु हुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ।ज्ञानहरूको आशीर्वाद
    हितोपदेश 3:12
  • अनि मेरो बाबुले मलाई यी सब कुराहरू सिकाउनु भयो। उहाँले मलाई भन्नु भयो, “मैले भनेका कुराहरू याद गर, मेरा आज्ञाहरू पालन गर, तब तिमी जीवित रहनेछौ। ज्ञान र समझ-शक्तिलाई प्राप्त गर। मेरो अर्तीलाई नबिर्सनु अनि मैले दिएको शिक्षाहरूलाई अस्वीकार नगर्नु।
    हितोपदेश 4:4,5
  • अनि अब, हे मेरो छोराहरू, मलाई सुन! ती मानिसहरू भाग्यमानी हुन् जो मैले देखाएको बाटोमा हिंड्छन्। मेरो शिक्षाहरूलाई सुन अनि ज्ञानी बन, तिनीहरूलाई अस्वीकार नगर।
    हितोपदेश 8:32-33
  • जुन मानिसले आफ्नो छोरा-छोरीलाई सजाय दिंदैन उसले तिनीहरूलाई माया पनि गर्दैन, तर जुन मानिसले आफ्नो छोरालाई प्रेम गर्छ उसलाई अनुशासनमा राख्छ।
    हितोपदेश 13:24
  • सुध्रिने आशा अझै छ भने तिम्रो छोरालाई शिक्षा देऊ नत्र भने तिमीले उसको मृत्युको लागि सहयोग गरेका हुनेछौ।
    हितोपदेश 19:18
  • एकजना धर्मी मानिस सधै ईमान्दारी पूर्वक बास्छ र उसका नानीहरूलाई पाछि फायदा पुर्याउँछ।
    हितोपदेश 20:7
  • नानीहरूलाई सही जीवन निर्वाह गर्नु सानै बाट सिकाउनु पर्छ, तब त्यो नानी बढे पनि त्यही प्रकारले जीवन यापन् गर्छ।
    हितोपदेश 22:6
  • नानीको मनका मूर्खता रहेको हुन्छ। अनुशसनको डण्डाले यस मूर्खतालाई ऊबाट भगाइन्छ।
    हितोपदेश 22:15
  • आवश्यकता अनुसार नानीलाई सधैं सजाय देऊ। सजाय दिदाँ त्यो मर्दैन।
    हितोपदेश 23:13
  • तिम्रा नानीहरूले परमेश्वरलाई पछ्याउनेछन्। अनि उहाँले तिनीहरूलाई शिक्षा दिनुहुनेछ। तिम्रा नानीहरूले वास्तविक रूपमा शान्ति पाउनेछन्।
    यशैया 54:13
  • जब तिनीहरूले खाइसके, येशूले शिमोन पत्रुसलाई भन्नुभयो, “योआनेसको पुत्र शिमोन, यी अन्य मानिसहरूले भन्दा ज्यादा तिमी मलाई प्रेम गर्छौ?”पत्रुसले जवाफमा भने, “ज्यू प्रभु, तपाईं जान्नु हन्छ म प्रेम गर्छु तपाईंलाई।”त्यसपछि येशूले पत्रुसलाई भन्नुभयो, “मेरा भेंडाहरूलाई खुवाऊ।”
    यूहन्ना 21:15
  • पिताहरू हो, आफ्ना बालकहरूलाई रिस नउठाऊ। तिनीहरूलाई प्रभुको शिक्षा र तालीममा हुर्काऊ।
    एफिसी 6:4
  • पिताहरू, तिमीहरूका बालकहरूलाई निराश नतुल्याऊ। यदि तिमीहरूलाई खुशी पार्न कठिन परे, तिनीहरूले चेष्टा छाडनेछन्।
    कलस्सी 3:21
  • ऊ आफ्नो परिवारलाई असलसित अगुवाइ गर्नमा योग्य हुनुपर्छ। मतलब उसका छोरा-छोरीहरूले पूर्ण आदरपूर्वक उसको आज्ञा पालन गर्नुपर्छ।
    1 तिमोथी 3:4
  • मैले सिकाएको कुरा तिमीले सुनेका छौ। अरू धेरैले पनि ती कुरा सुनेकाछन्। तिमीलाई पत्यार लागेका मानिसहरूलाई ती कुराहरू सुम्पीदेऊ जसद्वारा तिनीहरूले पनि अरूलाई सिकाउन योग्य हुनेछ।
    2 तिमोथी 2:2
  • जवानीको अभिलाषा देखि टाढो बस। असल जीवन जिउनुलाई विश्वास, प्रेम र शान्ति प्राप्त गर्न महान प्रयास गर। यी कुराहरू शुद्ध हृदय भएका अनि परमप्रभुमा विश्वास भएका मानिसहरूको सङ्गतमा गर्ने प्रयास गर।
    2 तिमोथी 2:22
  • तिमीहरू परमेश्वरका पुत्रहरू हौ, त्यसैकारण तिमीहरूलाई उहाँले अर्ती दिनुहुन्छ। तिमीहरूले उहाँका शब्दहरू भुलेका छौ“मेरो छोरा! परमेश्वरको अनुशासन हल्कासित नलेऊ, तिमी हताश नबन, जब प्रभुले तिमीहरूलाई सुधार्नुहुन्छ। प्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उहाँले तिनीहरूलाई अनुशासित गर्नुहुन्छ जसलाई आफ्नो छोरा ठान्नुहुन्छ प्रत्येकलाई उहाँ दण्ड दिनुहुन्छ।’ त्यसैले हरेक दुखलाई पिताको अनुशासन सम्झेर सहनु पर्छ। जसरी पिताले पुत्रलाई सजाय दिन्छन् उसरी परमेश्वरले पनि तिमीलाई सजाय दिनुहुन्छ। सबै छोराहरूले आफ्ना पिताबाट सजाय पाउँछन्। हरेक छोराले जस्तो तिमीले कहिल्यै सजाय पाएका छैनौ भने तिमी खास छोरा नै होइनौ। यस पृथ्वीमा, हामी सबैका आ-आफ्ना पिताहरू छन् जसले हामीलाई अनुशासित गर्छन्। अनि हामी उनीहरूको आदर गर्छौ नै। यसर्थ अझ बढी हामीले आफ्ना आत्मिक पिताको अनुशासन स्वीकार गर्नुपर्छ। यसो गरयौं भने हामीले जीवन पाउनेछौ।
    हिब्रू 12:5-9
  • जब म मेरा बालकहरु सत्यको बाटोमा हिडिरहेका छन् भन्ने सुन्छु त्यसले मलाई अति आनन्द दिन्छ।
    3 यूहन्ना 1:4