आनन्द


  • <तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्। तिनीहरू अनन्त सुखी रहुन्! परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।
    भजनसंग्रह 5:11
  • तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ। तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ। तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।
    भजनसंग्रह 16:11
  • हे परमेश्वर, तपाईंले साँच्ची नै राजालाई सदा सर्वदाको निम्ति आशीर्वाद दिनुभयो। जब राजाले तपाईंको मुहार हेर्नु हुन्छ अनि त्यसले उहाँलाई आनन्दमय पार्दछ।
    भजनसंग्रह 21:6
  • परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो। तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो। म राती रोइरहें अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!
    भजनसंग्रह 30:5
  • एकजना मानिस उदास हुन सक्ला जब उसले बीजहरू छर्दछ। तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।
    भजनसंग्रह 126:5
  • परमप्रभुको सबै भक्तजनहरू खुशी छन्। ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्। तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ। तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्नेछन्।
    भजनसंग्रह 128:1, 2
  • परमेश्वरले आफ्ना मानिसहरूलाई स्वतन्त्र पारिदिनु हुनेछ। अनि ती मानिसहरू उहाँकहाँ फर्केर आउनेछन्। मानिसहरू खुशी हुने छन् जब उनीहरू सियोनभित्र आउने छन्। मानिसहरू सदा-सर्वदाको लागि खुशी हुनेछन्। तिनीहरूको खुशी उनीहरूको शिरको मुकुट हुनेछ। तिनीहरूको रमाहट र आनन्दले तिनीहरूलाई भरिपूर्ण पार्नेछ। शोक र उदासीनताको दिनहरू टाढा-टाढा भाग्नेछन्।
    यशैया 35:10
  • उसले तिनीहरूलाई भने, “जाऊ अनि मीठो भोजन खाऊ, र स्वादिष्ट दाखरस पिऊ अनि तिनीहरूलाई भाग पठाऊ जसले तयार गरेका छैनन्, किनभने यो दिन हाम्रा मालिकको निम्ति पवित्र छ। अनि उदास नोहोऊ किनभने परमप्रभुमा आनन्द नै तिम्रो शक्तिहो।”
    नहेम्याह 8:10
  • मैले यी कुराहरू भनिसकेकोछु, यसैले तिमीहरूले त्यस्तै आनन्द पाउन सक्नेछौ जुन मसंग छ। म तिमीहरूको आनन्द एक पूर्ण आनन्द भएको देख्नु चाहन्छु।
    यूहन्ना 15:11
  • परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कूरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द।
    रोमी 14:17