विश्वासको लडाइँ


  • पूजाहारीले भन्नुपर्छ, ‘हे इस्राएलका मानिसहरू हो! म जे भन्छु सुन। आज तिमीहरू आफ्नो शत्रुहरूसँग लडाइँ गर्न जाँदैछौ। मन दुर्बल नपार, चिन्ता नगर, नडराऊ।
    व्यवस्था 20:3
  • परमप्रभु मेरो चट्टान हुनुहुन्छ, परमप्रभुको प्रशंसा गर। परमप्रभुले मलाई युद्धको लागि प्रशिक्षण दिनु हुन्छ। उहाँले मलाई युद्ध भूमिको निम्ति तयार पार्नुभयो।
    भजनसंग्रह 144:1
  • यसैले म भन्दछु, तिमी पत्रुस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू समर्थ हुनेछैनन्।
    मत्ती 16:18
  • तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई सँधै ख्रीष्टद्वारा विजयतर्फ डोरयाउनु हुन्छ। परमेश्वरले हामीलाई उहाँको ज्ञान सुगन्धित वासना जस्तो चारैतिर फिंजाउन प्रयोग गर्नुहुन्छ।
    2 कोरिन्थी 2:14
  • म पितालाई आफ्नो महिमामयी सम्पत्ती अनुसार तिनीहरुलाई शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दछु, जसमा कि आफ्ना आत्मामा तिमीहरु दरिलो हुन सक्छै। उहाँको आत्माद्वारा उहाँले तिमाहरुलाई त्यो शक्ति दिनु हुन्छ।
    एफिसी 3:16
  • आफ्नो विश्वासको रक्षा गर्नु दौडमा दगुर्नु जस्तै हो। त्यो दौड जित्न, सक्दो आफ्नो कोशिश गर। अनन्त जीवन प्राप्त गर्ने कोशीश गर जसको निम्ति तिमीलाई आह्वान गरिएकोछ। अनि तिमीले ख्रीष्ट बारे महान् सत्यलाई यसप्रकारले देखेर साक्षी दिएका छौ कि धेरैले त्यो सुनेकाछन्।
    1 तिमोथी 6:12
  • हाम्रो दुःखको भागीदार बन। ख्रीष्ट येशूको सच्चो सिपाहीले जस्तो दुःखलाई स्वीकार गर।
    2 तिमोथी 2:3
  • सिपाहीले आफ्ना नायकलाई सन्तुष्ट तुल्याउन खोज्छ। त्यसकारणले ऊ सामान्य जीवन कार्यमा फँस्दैन।
    2 तिमोथी 2:4
  • बालकहरु, म तिमीहरुलाई लेख्दैछु, किनभने तिमीहरु पितालाई चिन्दछौ। पिताहरु, म तिमीहरुलाई लेख्दैछु, किनभने तिमीहरु उहाँलाई चिन्छौ जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ। युवा मानिसहरु, म तिमीहरुलाई लेख्दैछु किनभने तिमीहरु बलियो छौ, अनि परमेश्वरको वचन तिमीहरुमा बस्छ अनि तिमीहरुले दुष्टलाई परास्त गरेका छौ।
    1 यूहन्ना 2:14
  • प्रिय मित्रहरु, म तिमीहरुलाई हामी सबैले एकसाथ सहभागी भएको उद्धारको बारेमा लेख्न खूबै इच्छुक भएको छु। म तिमीहरुलाई परमेश्वरले उहाँको पवित्र मानिसहरुलाई प्रदान गर्नु भएको विश्वासको निम्ति कठिन संर्घष गर्ने उत्साह प्रदान गर्ने इच्छा गर्छु। परमेश्वरले यो विश्वास एकै पल्ट प्रदान गर्नुभयो अनि यो सबै समयको निम्ति पर्याप्त भयो।
    यहूदा 1:3