Conviction


  • म तपाईंको करारको विषयमा राजाहरूसँग चर्चा गर्नेछु, अनि तिनीहरूले मलाई लज्जित पार्ने छैनन्।
    भजनसंग्रह 119:46
  • अरू मानिसहरूसँगको डर एउटा पासो झैं हो, यदि तिमीले परमप्रभुमाथि भरोसा गर्छौ भने, तिमी सुरक्षित रहनेछौ।
    हितोपदेश 29:25
  • सियोन, भन्नलाई तिमीसँग सुसमाचारहरू छन्। तिमी अल्गो पर्वतमाथि जाऊ र चिच्याउँदै सुसमाचार भन। यरूशलेम, भन्नलाई तिमीसँग सुसमाचार छन्। नडराऊ, कराएर बोल। यी समाचार यहूदाका सारा शहरहरूमा भन “हेर, यहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ।”
    यशैया 40:9
  • परमप्रभु मेरो मालिक मलाई पढाउने ज्ञान दिनुहोस्। यसकारण म यी दुखी मानिसहरूलाई अहिले पढाउँनेछु। प्रत्येक बिहान उहाँले मलाई उठाँउनु हुन्छ एक छात्र सरह र पढाउनु हुन्छ।
    यशैया 50:4
  • तर परमप्रभुले मलाई भन्नुभयो, “त्यसो नभन, ‘म खाली एउटा बालक हुँ।’ तिमी चारैतिर जानै पर्छ, जहाँ म तिमीलाई पठाउँछु। तिमीले सबै कुरा भन्नै पर्छ जो म तिमीलाई भन्नेछु।
    यर्मिया 1:7
  • हीरा, अग्नि चट्टान भन्दा पनि कडा हुन्छ, त्यस्तै प्रकारले तिम्रो हृदय पनि उनीहरूको भन्दा कठोर हुन्छ, तिमी उनीहरू भन्दा पनि हठी हुनेछौ, तिमी उनीहरूसँग डराउनेछैनौ। तिमी उनीहरूसँग नडराऊ जो सधैं मेरो विरूद्धमा गएका छन्।”
    इजकिएल 3:9
  • “तिमीहरू संसारका ज्योति हौ जसले संसारलाई उज्यालो पार्छ। डाँडामा बसालिएको नगर अदृष्य रहन सक्तैन। त्यसरीनै मानिसहरूले बत्ती बालेर पाथीमुनि राख्दैनन्। त्यसको सट्टामा तिमीहरूले त्यसलाई सामदानमा राख्छन्। यसरी घरमा भएका सबै मानिसहरूले उज्यालो पाउने छन्। त्यसै गिरी, अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्।
    मत्ती 5:14-16
  • अहिले जो बाँचिरहका छन् तिनीहरू अत्यन्त पापमय अनि नराम्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससंग शर्माऊछु। उँ त्यत्तिबेला लज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतगणसंग आउनेछु।”
    मर्कूस 8:38
  • तर पवित्र आत्मा तिमीमाथि आउनु हुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौ। तिमीहरू मानिसहरूबीच मेरो गवाही हुनेछौ। पहिले तिमीहरू यरूशलेमका मानिसहरूका निम्ति गवाही हुनेछौ। तब तिमीहरूले यहूदियामा, सामरियामा अनि संसारका प्रत्येक ठाउँका मानिसहरूलाई बताउनेछौ।”
    प्रेरित 1:8
  • यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसंगै रहन्थे भनेर थाहा पाए।
    प्रेरित 4:13
  • पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूलाई भन्दा परमेश्वरलाई मान्नु पर्छ।
    प्रेरित 5:29
  • म सुसमाचारसंग शर्माउनदिन तर गौरव गर्छु। सुसमाचार त्यस्तो शक्ति हो जुन परमेश्वरले प्रयोग गर्नुहुन्छ। जसले उहाँमाथि विश्वास गर्छ पहिले यहूदी र गैर-यहूदीहरूलाई रक्षा गर्नलाई प्रयोग गर्नुहुन्छ।
    रोमी 1:16
  • मेरो लागि पनि प्रार्थना गर कि जब म बोल्छु परमेश्वरले मलाई शब्दहरू दिऊन् र सुसमाचारको गुप्त सत्यतालाई म निर्भयसंग भन्नु सकुँ। सुसमाचारको पक्षमा बोल्ने काम मलाई दिइएको थियो। यो म अहिले यहाँ कैदमा बसेर पनि गर्छु। प्रार्थना गर कि जब म सुसमाचारको प्रचार गर्छु, मैले बोल्नु परे जस्तै निर्भयसित बोल्न सकुँ।
    एफिसी 6:19, 20
  • होइन, हामी सुसमाचर सुनाउँछौं किनकि परमेश्वरले हामीलाई परिक्षा लिनु भएको छ र यसो गर्नको लागि विश्वास गर्नुभएको छ। यसकारण जब हामी बोल्छौं हामी मानिसहरूलाई खुशी पार्ने कोशिश गर्दैनौं। हामी त परमेश्वरलाई खुशी पार्न चाहन्छौं। परमेश्वर नै एक हुनुहुन्छ जसले हाम्रो हृदय जाँच्नु हुन्छ।
    1 थिस्सलोनिकी 2:4
  • यसकारण हाम्रा प्रभु येशूको बारेमा मानिसहरूलाई भन्न नलजाऊ। अनि म कैदमा छु भनेर पनि लाज नमान। तर सुसमाचारको निम्ति मसित दुःख भोग्ने गर। त्यसो गर्न परमेश्वरले हामीलाई शक्ति दिनु हुन्छ।
    2 तिमोथी 1:8
  • यी कुराहरू मानिसहरूलाई भन। तिम्रो पूर्ण अधिकार छ। यसकारण मानिसहरूलाई सुदृढ तुल्याउन अनि तिनीहरूले के गर्नु पर्छ भनी तिनीहरूलाई भन्न त्यो अधिकार प्रयोग गर। अनि सावधान बन कि कसैले पनि तिमीलाई महत्वहीन संझेर त्यस्तै व्यवहार नगरून्।
    तीतस 2:15
  • मानिसहरु जसले विश्वास गर्दैनन् तिनीहरु तिमीहरुका वरिपरि छन्। ती मानिसहरुले तिमीहरुले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरुले गरेका असल कुराहरु तिनीहरुले देख्नेछन् अनि तिमीहरुले परमेश्वरलाई महिमा प्रदान गर्नेछौ। जब उहाँ आउनु हुन्छ।
    1 पत्रुस 2:12