संरक्षण


  • “मेरो विधि-विधानहरू याद राखेर पालन गरे तिमीहरू आफ्नो जमीनमा आराम साथ बस्न सक्छौ।
    लेवी 25:18
  • “मोशाले बिन्यामीनको विषयमा यी कुरा भने। बिन्यामीनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ। बिन्यामीन उहाँको छेऊमा सुरक्षित रहनेछ। परमप्रभुले उसलाई सधैं रक्षा गर्नुहुन्छ। अनि परमप्रभुले उसको भूमिमा बास गर्नुहुन्छ।”
    व्यवस्था 33:12
  • परमेश्वर सधैं बाँच्नु हुन्छ। उहाँ तिम्रो सुरक्षित ठाउँ हुनुहुन्छ। परमेश्वरको क्षमता सधैंका लागि रहन्छ। उहाँ तिमीहरूको रक्षा गर्नु हुँदैछ। परमेश्वरले तिमीहरूका शत्रुहरूलाई तिमीहरूको भूमिबाट खेद्नु हुनेछ। उहाँ भन्नु हुन्छ, ‘शत्रुलाई ध्वंश पार।’
    व्यवस्था 33:27
  • मेरा परिवारलाई आशीर्वाद दिनुहोस्। तिनीहरूलाई सधैं तपाईंको सामुन्ने उभिएर सेवा गर्न दिनुहोस्। परमप्रभु मेरा मालिक, तपाईं आफैले यसो भन्नु भएको थियो। तपाईं आफैले मेरा परिवारलाई सधैं भरिको निम्ति आशीर्वाद दिनुभयो।”
    2 शमूएल 7:29
  • त्यसपछि दाऊदले दमिशकको अराममा सेनाको एउटा छाउनी बनाए। अरामीहरू दाऊदका सेवक भए र राजस्व ल्याए। परमप्रभुले दाऊदलाई जता-ततै विजय गराउनु भयो।
    2 शमूएल 8:6
  • तँ जहाँ गए ता पनि म तेरो साथ थिएँ। म तँ भन्दा अघि गएँ र तेरा शुत्रहरूलाई मारिदिएँ। अब म तँलाई पृथ्वीको एक प्रसिद्ध मानिस बनाउनेछु।
    1 इतिहास 17:8
  • म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु। किन? किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउन दिनुहुन्छ।
    भजनसंग्रह 4:8
  • परमप्रभुलाई मैले सधैं आफू समक्ष राखेको छु र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ।
    भजनसंग्रह 16:8
  • राजाले परमप्रभुमाथि भरोसा राख्छ। सर्वोच्च परमेश्वरको दयाबाट उनले कहिल्यै उदास हुनु पर्दैन। हे परमेश्वर, तपाईंले आफ्ना शत्रुहरूलाई तपाईं कतिको शक्तिशाली हुनुहुन्छ देखाउनु हुनेछ। जसले तपाईंमाथि हेय-दृष्टि राख्छन्। तपाईंको शक्तिले ती मानिसहरूलाई परास्त गर्छ। हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ, उनी तातो चूल्हा जस्तो हुन्छन्। जसले प्रत्येक कुरा दिंदछन्। आफ्नो क्रोधको ज्वालामा सबै शत्रुहरूलाई नष्ट पार्छ।
    भजनसंग्रह 21:7-9
  • परमप्रभुको र्स्वगदूतले जुन मानिसहरूले परमप्रभुको अनुशरण गरे, उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्। स्वर्गदूतहरूले तिनीहरूको रक्षा गरे।
    भजनसंग्रह 34:7
  • परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ। संकटको बेला उहाँबाट हामी सधैं सहयोग पाउन सक्छौं।
    भजनसंग्रह 46:1
  • तर राजा आफ्ना परमेश्वरसँग खुशी हुनेछन अनि वचन दिएका ती मानिसहरू पनि परमेश्वरकै आज्ञामा गुण-गान गर्नेछन्। किनभने उहाँले ती सम्पूर्ण झूटाहरूलाई परास्त पार्नुभयो।
    भजनसंग्रह 63:11
  • किन? किनभने तिमी परमप्रभुमा भरोसा गर्दछौ। तिमीले सर्वोच्च परमेश्वरलाई आफ्नो सुरक्षाको ठाउँ बनायौ। तिमीलाई केही नराम्रो हुनेछैन। त्यहाँ तिम्रो घरमा कुनै प्रकारको रोग हुने छैन।
    भजनसंग्रह 91:9, 10
  • यदि घर बनाउँने परमप्रभु हुनुहुन्छ भने। घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्। यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्।
    भजनसंग्रह 127:1
  • म दाऊदलाई बलियो पार्नेछु यस ठाउँमा मैले आफूले रोजेका राजाको निम्ति एक बत्तीको नियुक्त गरेको छु। म दाऊदका शत्रुहरूलाई लाज र शर्ममा ढाकि दिनेछु तर दाऊदको राज्यलाई उत्तरोत्तर बढाई दिनेछु।”
    भजनसंग्रह 132:17,18
  • परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो। परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो।
    भजनसंग्रह 144:10
  • किनभने परमप्रभु तिमीहरूको छेवैमा हुनुहुनेछ, यसर्थ उहाँले नै तिम्रो पाऊ कतै फँस्न दिनु हुन्न।
    हितोपदेश 3:26
  • परमप्रभु प्रतिको सम्मान एउटा बलियो किल्ला हो, यो उसका छोरा-छोरीहरूको लागि सुरक्षित स्थान हुनेछ।
    हितोपदेश 14:26
  • परमप्रभुको नाम एउटा दृढ किल्ला झैं हो, धर्मीहरू यसभित्र कुद्छन् र सुरक्षित रहन्छन्।
    हितोपदेश 18:10
  • मानिसहरूले लडाईं जित्न हात-हतियार तथा घोडा तयार पार्न सक्छन, तर तिनीहरूलाई विजय अथवा पराजय परमप्रभुले नै दिनु हुन्छ।
    हितोपदेश 21:31
  • परमेश्वरको प्रत्येक वचन दोष रहित हुन्छ औ जो परमेश्वरको शरणमा जान्छ उसको निम्ति उहाँ सुरक्षित स्थान हुनुहुन्छ।
    हितोपदेश 30:5
  • मेरा स्वामी परमप्रभुले सबै कुरा गर्न सकनु हुन्छ। तर केहिगर्नु अघाडी उहाँले आफ्नो सेवक अगमवक्तालाई योजना देखाउनुहुन्छ।
    आमोस 3:7
  • परमेश्वरले दिएको पूर्ण हातहतियार लगाऊ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्छौ। हाम्रो लडाई पृथ्वीका मानिसहरूसित छैन। हामी त यस संसारको अन्धकारको शासक, अधिकारी र शक्तिहरूसित लडिरहेछौं। हाम्रो लडाई त स्वर्गीय स्थानको दुष्ट आत्मिक शक्तिहरूको विरूद्ध छ।
    एफिसी 6:11, 12