दिने


  • त्यो भूमिमा सधैं गरीब मानिसहरू रहनेछन् यसकारण तिम्रा भाइलाई सहायता गर्नु सब समय तयार बस भनी म आज्ञा गर्छु। तिमीहरूको भूमिमा सहायताको अपेक्षामा बस्ने गरीब मानिसलाई सहायता देऊ।
    व्यवस्था 15:11
  • तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ। त्यस पछि तिम्रो सम्पूर्ण खाँचो पूरा हुनेछ। तिम्रा ढुकुटीहरू अन्नले भरिने छन् अनि तेरा मसकबाट दाखरस पोखिरहेको हुनेछ।
    हितोपदेश 3:9,10
  • जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर।
    हितोपदेश 3:27
  • त्यहाँ एकजना मानिस छ जसले उदारहातले दिन्छ तर उसले धेरै पाउँदै जान्छ अनि त्यहाँ अर्को मानिस छ जसले दिन पर्ने चीज दिन अस्वीकार गर्छ तर ऊसँग सामान कम्ति कम्ति हुँदै जान्छ। उदार मानिसले उन्नति गर्छ अरूको तिर्खा मेटाउने मानिसको आफ्नो पनि तिर्खा मेटिन्छ।
    हितोपदेश 11:24,25
  • यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन।
    हितोपदेश 21:13
  • सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यो परीक्षाको जाँच गर। आफ्नो चीजको दशांश भाग मलाई देऊ। ती चीजहरू ढुकुटीमा राख। मेरो घरमा खाने कुराहरू लिएरआऊ। यसरी मलाई जाँचेर हेर! यदि तिमीले यो सबै कामहरू गर्यौ भने म तिमीहरूलाई आशीर्बाद दिनेछु। तिमीहरूसंग राम्रो चीजहरू जस्ताको त्यस्तै हुनेछन्जस्तो आकाशबाट पानी पर्छ। तिमीहरूले हरेक चीजहरू आवश्यक्ता भन्दा ज्यादा पाउँनेछौ।
    मलाकी 3:10
  • यदि कसैले तिमीसित केही माग्छ भने त्यो दिइहाल। कुनै व्यक्तिले कर्जा लिन चाहेमा पनि केही दिन अस्वीकार नगर।
    मत्ती 5:42
  • ‘जब तिमी दरीद्रहरूलाई सहायता दिन्छौ त्यसको विज्ञापन नगर कपटीहरूले जस्तो काम नगर। तिनीहरूले अरूले देखुन भनेर दरीद्रलाई सहायता गर्न अघिबाटै आफ्ना तुरही बजाउँछन्। तिनीहरूले सभाघरहरू र गल्लीहरूमा यसो गर्छन्। मानिसहरूबाट प्रशंसा पाउनलाई तिनीहरू यसो गर्दछन्। म तिमीहरूलाई साँचो भन्छु, यो नै ती सबै इनामहरू हुन् जो तिनीहरूले पाउने छन्। तर जब तिमी दरीद्रका निम्ति दान-पुण्य गर्दछौ, एकदमै गुप्त रुपले गर। तिमीले के गर्न लागि रहेका छौ भनेर कसैले चाल नपावोस्। तिम्रो दान-पुण्य गुप्त रूपमा होस्। गुप्त रुपमा गरेका तिम्रो दान-पुण्य तिम्रा पिताले अवश्यै देख्नु हुनेछ। तब तिम्रा पिताले, जसले गुप्तहरूपमा के गरिएको छ देखनुभएको छ र उहाँले तिमीलाई इनाम दिनुहुनेछ।
    मत्ती 6:2-4
  • “तब राजाले तिनीहरूलाई जवाफ दिने छन्, ‘म तिमीहरूलाई साँचो भन्दछु। यहाँ तिमीहरूले मेरा यी मानिसहरूका निम्ति जे जति गर्यौ, ती जतिनै नगण्य भएता पनि तिमीहरूले मेरा निम्ति गरेका हो।’
    मत्ती 25:40
  • अरूलाई दिने गर अनि तिमीले पनि पाउनेछौ। तिमीहरूले राम्रो ओजनमा पाउनेछौं, तिमीहरूलाई खाँदी खाँदी हल्लाँउदै काखमा पोखिने गरी पाउनेछौ जुन नापले तिमी अरूलाई दिंदछौ परमेश्वरले पनि तिमीहरूलाई त्यही नापले दिनु हुनेछ।”
    लूका 6:38
  • याद गरः जसले अलिकति छर्छ उसले अलिकति नै बाली कटनी गर्छ। हरेकले आफ्नो मनमा जति दिन्छु भनेर चिताएको छ त्यति नै देओस्, विना इच्छा कसैले नदिओस्। जबर्जस्तीमा कुनै व्यक्तिले नदिवोस् जसले खुशी भएर दान गर्छ उसलाई परमेश्वरले प्रेम गर्नूहुन्छ अनि परमेश्वरले तिमीलाई प्रशस्त मात्र आशीर्वाद दिनु हुनेछ। तब तिम्रोमा सघैं प्रशस्त रहेनछ अनि प्रत्येक शुभकर्मकोलागि मुक्तहस्तले दान दिन सक्नेछौ। धर्म शास्त्रमा यो लेखिएको छः“उसले उदारतापूर्वक गरीबहरूलाई दिंदछ उसको दयाभाव सदा-सर्वदा रहिरहन्छ।’ भजनसंग्रह 1129 परमेश्वर नै एक हुन्, जसले रोप्नेलाई बिउ दिनु हुन्छ अनि उहाँले खानलाई रोटी दिनुहुन्छ। अनि परमेश्वरले तिमीहरूलाई बिऊ दिनुहुन्छ र ती बिऊ बढाऊनु हुन्छ। तिम्रो दयाभावबाट उहाँले प्रशस्त बाली उठाउनु हुन्छ। परमेश्वरले तिमीलाई हरतरहले धनी बनाउनु हुनेछ जसमा कि तिमी सधैं मुक्तभावले दान दिनु सक्नेछौ। अनि हामी मार्फत धन्यवाद चढाउनेछन्। तिमीहरूले यस सेवालाई दिइरहेको दानले परमेश्वरका मानिसहरूको खाँचो टार्छ। तर तिम्रो दयाभावले यति नै मात्र गर्दैन, यसले परमेश्वर प्रति धन्यवादका भावना उर्लेर आउछन्।
    2 कोरिन्थी 9:6-12
  • परमप्रभु ख्रीष्टमा विश्वास गर्ने भाइ वा बहिनीलाई बस्त्रहरू अनि भोजनको आवश्यक पर्न सक्छ। अनि त्यो व्यक्तिलाई तिमीहरू भन्छौ, “शान्ति साथ जाऊ। म आशा गर्छु तिम्रोमा गरम लुगाहरू र प्रशस्त भोजन छन्।” यद्यपि तिमीहरू उसको खाँचो पुरा गर्दैनौ, तिमीहरूका शब्दहरू अर्थहीन छन्। यो कुरा विश्वासको सम्बन्धमा पनि यस्तै हो। यदि विश्वासले केही गर्दैन भने त्यो विश्वास मृततुल्य हो किनभने त्यो विश्वास एक्लो भई मरेको हुन्छ।
    याकूब 2:15-17