परमेश्वरको वचन


  • मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें। किन? किनभने तपाईंको विरूद्धमा म पाप नगरूँ।
    भजनसंग्रह 119:11
  • कुनै ज्योतिले तिनीहरूलाई बाँच्ने ठीक तरिका देखाए झैं मानिसहरूले तपाईंको शब्दहरू बुझ्न शुरू गरे। तपाईंका वचनले सामान्य भन्दा सामान्य मानिसहरूलाई सम्म बुद्धिमानी बनाउँदछ।
    भजनसंग्रह 119:130
  • जवाफमा येशूले भन्नुभयो, ‘धर्मशास्त्रमा यस्तो लेखिएको‘मानिस रोटी खाएर मात्र बाँच्दैन, परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।”‘
    मत्ती 4:4
  • आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछैनन्।
    मत्ती 24:35
  • संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचनथियो। त्यो वचन परमेश्वरसंग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो। वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो।
    यूहन्ना 1:1,14
  • त्यो आत्मा हो जसले मानिसलाई जीवन दिन्छ। शरीरबाट केही फाईदा छैन। म जो चीज तिमीहरूलाई भन्छु त्यो आत्मा हो तिनहरूले जीवन दिन्छ।
    यूहन्ना 6:63
  • मेरो उपदेशको कारणले गर्दा तिमीहरू पहिल्यै शुद्ध भइसकेकाछौ।
    यूहन्ना 15:3
  • परमेश्वरको समक्ष यस्तो प्रकारले स्वयं उपस्थित हुने भरसक कोशिश गर कि उहाँले तिमीलाई अनुमोदन गर्नु हुनेछ। आफ्नो काममा लज्जित नबन। सत्य शिक्षालाई उचित रूपले उपयोग गर्ने कर्मी बन।
    2 तिमोथी 2:15
  • परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुईधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ।
    हिब्रू 4:12
  • भर्खर जन्मेका बालकहरु जस्तो होऊ। शुद्ध आत्मिक दूधको निम्ति भोकाऊ जसले तिमीहरुलाई बढन र मुक्ति हासिल गर्न सहायता गर्छ।
    1 पत्रुस 2:2